समाज


राहदानी विभागको समस्या हट्यो, सहजै उपलब्ध गराउने विकल्प खोजिँदै

राहदानी विभागको समस्या हट्यो, सहजै उपलब्ध गराउने विकल्प खोजिँदै

फाइल तस्बिर


नेपालखबर
पुस २४, २०७९ आइतबार १८:२५, काठमाडौँ

विद्युतीय राहदानी जारी गर्न प्रमाणिकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या समाधान भएको छ। 

विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्यांक प्रविष्टिपछि प्रमाणिकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएको थियो। त्यसले हजारौँ सेवाग्राही समस्यामा परेका थिए।

त्यसलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको प्राविधिक टोलीले विभागको निरीक्षण तथा प्राविधिक समस्या विश्लेषण गर्न सूचना प्रविधि शाखाका प्राविधिक परिचालन गरेको थियो। 

समस्याको पहिचान गर्न प्राविधिक व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीलेसमेत तीनजना प्राविधिक नेपाल पठाएको थियो। 

प्राविधिकहरुले प्रमाणिकरण प्रक्रियामा देखिएको समस्या हलगरेपछि सेवा सुचारु भएको हो।

राहदानीको फाराम भर्नेदेखि अन्य प्रक्रियामा लामो लाइन लाग्ने र सेवाग्राहीले सास्ती झेल्नुपर्ने अवस्था अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डले सचिवहरुसँगको बैठकमा निर्देशन दिएका थिए।

राहदानी प्राप्त गर्ने प्रक्रियालाई समस्यारहित र अझै चुस्तदुरुस्त तथा प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढाउने विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .