दन्त चिकित्सक डाक्टर कपिल रिजालको डेब्यु निर्देशन रहेको फिल्म ‘ह्यारीकी प्यारी’ को ट्रेलर सार्वजनिक गरिएको छ।
आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरमा पैसाका कारण अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले विवाह गरेको देखाइएको छ।
बीआर प्रोडक्सनकको प्रस्तुतिमा निर्माण भएको फिल्ममा समावेश ‘धरहरा’ बोलको गीत भने यसअघि नै सार्वजनिक भइसकेको छ। जसमा अभिनेत्री रेखा थापाले नृत्य गरेकी छन्।
फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, डिल्लीराम खनाल, रमेश अधिकारीलगायत कलाकारले अभिनय गरेका छन्।
फिल्मको कथा निर्देशक रिजाल आफ्रँले लेखेका हुन् भने पटकथा र संवाद उनीसँगै सुदीप बराल, गिरीराज घिमिरे, अभिमन्यू निरवीले तयार पारेका हुन्। सुदीप बरालले छायांकन गरेको फिल्म अर्जुन जिसीले सम्पादन गरेका हुन्।
फिल्म आगामी माघ २० गतेदेखि प्रदर्शन हुने निर्माण टोलीले जनाएको छ।
हेर्नुहोस् ट्रेलर
Shares

प्रतिक्रिया