समाज


सन्दीप प्रकरण : अस्पतालले पठायो पीडित भनिएकी किशोरी नाबालिग नभएको प्रमाण

सन्दीप प्रकरण : अस्पतालले पठायो पीडित भनिएकी किशोरी नाबालिग नभएको प्रमाण

नेपालखबर
पुस २५, २०७९ सोमबार १८:१९, काठमाडौँ

सन्दीप लामिछानेबाट जबरजस्तीकरणीमा परेको भनिएकी किशोरी नाबालिग नभएको प्रमाण अस्पतालले दिएको छ।

वीरगन्जस्थित नारायाणी अस्पतालले किशोरीको जन्म मिति २०६१ भएको प्रमाण जिल्ला अदालत काठमाडौंमा पठाएको हो। 

सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको जन्म मिति २०६१ असार १८ कि २०६२ भन्ने विवाद अदालतसम्म पुगेको छ। 

यसअघि अदालतमा सन्दीपकै वकिलले किशोरी नाबालिग नभएको दाबी गर्दै उनी उनी जन्मिएको अस्पतालबाट प्रमाण झिकाउन माग गरेका थिए।

पुस १२ गते जिल्ला न्यायाधीश हिमलाल बेलवासेको इजलासले पीडित भनिएकी किशोरीको जन्मबारे सम्बन्धित अस्पतालबाट कागजात मगाउन आदेश दिएको थियो।

अदालतले यसअघि घटनासँग जोडिएका व्यक्तिको बकपत्र गराइसकेको छ।

किशोरी नाबालिग भएको अवस्थामा सहमतीमै करणी भएको भएपनि जबरजस्ती करणी मानिने भएकाले सन्दीप पक्षले सुरुदेखि नै किशोरीको उमेरलाई प्रमुख मुद्दा बनाउँदै आएका छन्। 

यसअघि वडा कार्यालय र विद्यालयबाट पनि दुई थरी प्रमाण अदालतमा पुगेका छन्। किशोरी पक्षले नाबालिग भएको प्रमाण बुझाएको छ। सन्दीप पक्षले नाबालिग नरहेको प्रमाण पेश गरेका छन्। 

अस्पतालको प्रमाणसँगै किशोरी नाबालिग नभएको बलियो प्रमाण भएको छ। तर यसका बाबजुद पनि बलात्कार गरेको ठहरिएमा भने सन्दीपलाई १० वर्षसम्म कैद सजाय हुन सक्नेछ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि सन्दीपले उच्च अदालतमा निवेदन दिएका छन्।

निवेदनमाथि आगामी बिहीबार उच्च अदालतमा सुनुवाइ हुने सम्भावना छ। यसअघि पटक पटक पेशी तोकिएको भए पनि सर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad