समाज


गण्डकी अस्पतालका निर्देशक भन्छन्- हामी तैनाथ छौं, जीवित कोही ल्याइएको छैन

गण्डकी अस्पतालका निर्देशक भन्छन्- हामी तैनाथ छौं, जीवित कोही ल्याइएको छैन

नेपालखबर
माघ १, २०७९ आइतबार १४:४६, काठमाडौँ

पोखरा विमान दुर्घटना लगतै गण्डकी अस्पताललाई तैनाथ अवस्थामा रहन निर्देशन दिइएको छ। विमान दुर्घटनामा परेर केही घाइते भएको हुनसक्ने आशंकामा अस्पताललाई तैनाथ अवस्थामा रहन निर्देशन आएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले बताए। 

डा. खत्रीले नेपालखबरसँग भने, ‘अहिलेसम्म ल्याइएका सबै मृतक छन्। जीवितै कसैलाई ल्याइएको छैन। तर हामी ‘स्ट्याण्डबाइ’ छौं। उद्धारस्थलबाट हामीलाई तैनाथ रहन भनिएको छ।’

नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिलेसम्म दुर्घटनामा परेका २९ जनाको शव गण्डकी अस्पतालमा लगिएको छ। अन्यको उद्धार कार्य जारी रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए। 

जहाजमा ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए। आइतबार बिहान ९ः३२ मा उडेको यति एयरलाइन्सको जहाज पोखराको सेती नदीको खोंचमा दुर्घटना भएको छ। उद्धार कार्य जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad