समाज


यती जहाज दुर्घटना : सशस्त्रको गोताखोर र रोप रेस्क्यु टोलीले निकाल्यो ४ शव

यती जहाज दुर्घटना : सशस्त्रको गोताखोर र रोप रेस्क्यु टोलीले निकाल्यो ४ शव

नेपालखबर
माघ १, २०७९ आइतबार १६:५४, काठमाडौँ

आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा ४ जनाको शव पनि निकालिएको छ। 

उद्धारका लागि कुरिनटारबाट सशस्त्र प्रहरी बलको गोताखोर र रोप रेस्क्यु टोली झिकाइएको थियो। सोही टोलीले खोँचबाट ४ जनाको शव निकालेको हो।  

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को कमान्डमा १५ जनाको गोताखोर र रोप रेस्क्यु टोली पोखरा झिकाइएको हो।  

दुर्घटनामा परेका ७२ मध्ये नागरिक उड्डयन प्राधिकरणले ६८ जनाको मृत्यु पुष्टि गरेको छ। 

विमानमा चार जना चालकदलबाहेक महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ यात्रु रहेका थिए। 

पोखराको विमानस्थल नजिकै सेती नदी खोँचमा यतीको ९एन–एएनसी एटीआर७२ जहाज दुर्घटना भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .