समाज


विमान दुर्घटनाका मृतकको पोस्टमार्टममा ढिलाइ, टिचिङ अस्पतालको स्वीकृति कुर्दै

विमान दुर्घटनाका मृतकको पोस्टमार्टममा ढिलाइ, टिचिङ अस्पतालको स्वीकृति कुर्दै

तस्बिर : सरोज बैजु/नेपालखबर


वाशुदेव मिश्र
माघ २ , पाेखरा

यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये ६८ वटा शव यतिबेला पोखराको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ।

तीमध्ये २६ जनाको मात्र पहिचान  खुलेको छ। तर, शवको पोष्टमार्टम भने अहिलेसम्म पनि हुन सकेको छैन।

कास्कीका एक सुरक्षा अधिकारीका अनुसार टिचिङ अस्पतालको विज्ञ टोलीले गरेको पोष्टमार्टम रिपोर्टलाई आधिकारिक मानिने भएकाले पोष्टमार्टममा ढिलाइ भएको हो।

‘विमान दुर्घटनामा निधन भएकाहरुको बीमा गरिएको हुन्छ, अन्तर्राष्ट्रिय रुपमा टिचिङको विज्ञ टोलीबाट भएको पोष्टमार्टमलाई आधिकारिक मानिन्छ’,ती सुरक्षा अधिकारीले भने, ‘उहाँहरुले स्वीकृति दिएपछि मात्र पोष्टमार्टम गर्न सकिन्छ, जानेहरु त गइसके, आश्रित परिवारलाई इन्स्योरेन्सबाट आउने रकमले राहत प्रदान गर्छ। त्यो प्रक्रियामा कठिनाइ नहोस् भनेर हामीले उताको स्वीकृति कुरेका हौँ।’,उनले भने

पहिचान नभएका, विदेशी नगारिक र चालक दलका सदस्यहरुको शव त यसैपनि काठमाडौं पठाउने तयारी भएको उनले बताए। ‘उस्तै परे, टिचिङको टोली आउनुपर्ने अवस्था पनि हुनसक्छ।’ ती अधिकारी भन्छन्।

माघ २, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.