समाज


दुई होटलबाट ७३१ थान राहदानीसहित तीनजना पक्राउ

दुई होटलबाट ७३१ थान राहदानीसहित तीनजना पक्राउ

फाइल तस्बिर


नेपालखबर
माघ ५, २०७९ बिहिबार १५:२९, काठमाडौँ

काठमाडौं महानगरपालिका-२६ गोंगबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७३१ थान राहदानीसहित एकजना पक्राउ परेका छन्। 

कञ्चनपुरको बेदकोट नगरपालिका-३ घर भई टोखा नगरपालिका-९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोकजंग खड्कासहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। 

ती होटलहरूमा शंकास्पद व्यक्तिहरु रहेको भन्ने सूचना पाएपछी प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले होटेल सोनाबाट शंकास्पद रुपमा रहेका ७१७ थान र होटल पल्लीकोटबाट १४ थान गरी जम्मा ७३१ थान राहदानीसहित उनीहरूलाई पक्राउ गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .