समाज


भारतीय अधिकारीले भेटे उपप्रधानमन्त्री श्रेष्ठलाई, विकास आयोजनाका प्रगतिबारे छलफल

भारतीय अधिकारीले भेटे उपप्रधानमन्त्री श्रेष्ठलाई, विकास आयोजनाका प्रगतिबारे छलफल

नेपालखबर
माघ ९, २०७९ सोमबार १५:३४, काठमाडौँ

भारतीय विदेश मन्त्रालयका 'आर्थिक सम्बन्ध तथा विकास साझेदार मामिला'सम्बन्धी सचिव प्रभातकुमारले उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठवसँग सोमबार मन्त्रालयमा भेटवार्ता गरेका छन्। ।

भारतीय सहयोगमा सञ्चालित विभिन्न विकास आयोजनाबारे बुझ्न नेपाल आएका सचिव प्रभातकुमारले नेपालको विकासमा अर्थपूर्ण साझेदारी गर्न भारत सदैव तयार रहेको बताए।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले घनिष्ट छिमेकीको रूपमा भारतले नेपालको विकास र समृद्धिका लागि सधैँ सहकार्यको हात बढाएकोमा खुशी व्यक्त गरे।

भेटमा भारतले लगानी गरेका केही पूर्वाधार आयोजना, रेल वे सञ्चालन र भारतीय एक्जिम बैंकको लगानी बनिरहेका  केही सडक योजनाको प्रगतिबारे पनि कुराकानी भएको थियो।

हाल निर्माण क्रममा रहेका बालाजु-त्रिशुली सडक र भालुबाङ-बाग्दुला-भीमगोठे सडक एक्जिम बैंकको लगानी अन्तर्गतका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad