समाज


पहाडी भेगमा आंशिक बदली, अन्य स्थानमा मौसम सफा

पहाडी भेगमा आंशिक बदली, अन्य स्थानमा मौसम सफा

फाइल तस्बिर


नेपालखबर
माघ १९, २०७९ बिहिबार ६:५०, काठमाडौँ

नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव छ। यतिबेला (बिहीबार बिहान) देशका पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल) रही अन्य स्थानमा मौसम सामान्यतया सफा छ। तराईका केही स्थानमा हल्का हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै राति प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा  आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। 

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। 

जसमा भनिएको छ : तराईका भूभागमा बिहानीपख लागेको हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन हुन अनुरोध छ। 

तापक्रम
आज बिहान ५:४५ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। तर यो अहिले ८:४५ बजे अपडेट गरिनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .