समाज


कृषि सडकमा २ लाख १२ हजार भ्रष्टाचार, पूर्वमेयरसहित १२ विरुद्ध अख्तियारको मुद्दा

कृषि सडकमा २ लाख १२ हजार भ्रष्टाचार, पूर्वमेयरसहित १२ विरुद्ध अख्तियारको मुद्दा

नेपालखबर
माघ २३ , काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहिदनगर नगरपालिकाका निवर्तमान मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

कृषि सडक निर्माणमा रकम हिनामिना गरेको अभियोगमा तत्कालीन नगरप्रमुख उदयकुमार बरबरियासहित १२ जनाविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। उनी २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट मेयर बनेका थिए। 

नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ का लागि वडा नम्बर ८ स्थित बीसरभोरा नहरदेखि गोठ कोयलपुरसीसम्म कृषि सडक बनाउँदा फर्जी कागजात तयार गरेर फिल्डमा भएको भन्दा धेरै उल्लेख गरी भ्रष्टाचार गरेको अख्तियारको निष्कर्ष छ। 

उपभोक्ता समितिमार्फत भएको काममा वास्तविकभन्दा बढी काम देखाएर २ लाख १२ हजार ८ सय १६ रुपैयाँ हिनामिना गरेको पुष्टि भएपछि नगरप्रमुख बरबरिया, उपप्रमुख शिलादेवी कापरी, तत्कालीन लेखा समिति संयोजक जैसीलाल भिनवार यादव र सुशासन समिति संयोजक कन्हैया मुखियाविरुद्ध हिनामिना भएको रकम बिगो कायम गरी कैद र बिगोबमोजिम जरिवानाको मागदाबी अख्तियारले गरेको छ। 

यो प्रकरणमा प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, इन्जिनियर सञ्जय यादव र वडा नम्बर ८ का अध्यक्ष तनुकलाल कुसियत तथा योजना शाखा प्रमुख विन्देश्वर यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा लागेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए। 

उनीहरुबाट पनि  हिनामिना भएको रकमबमोजिम बिगो‚ त्यति नै जरिवाना र कैद सजाय माग गरिएको छ। आर्थिक प्रशासन प्रमुख नन्दकुमार झालाई छुट्टै बिगो, त्यति नै जरिवाना र कैद सजाय तथा हिनामिना भएको रकम असुल गर्न भनिएको छ।

उक्त योजना सञ्चालनको जिम्मा लिएका उपभोक्ता समिति अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमारी र सचिव मुकेश लखनदे यादवविरुद्ध पनि बिगो, कैद र जरिवाना तथा बिगो जफतको मागदाबी गरिएको छ। 

जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरूबाट गलत प्रतिवेदन बनाएर भ्रष्टाचार गरेको, फर्जी कागजात पेस गरेर भुक्तानी लिएकोसहितका कसुर उनीहरुमाथि लगाइएको छ। 

माघ २३, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.