महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रस्थित मूल मन्दिरको पश्चिमी भागमा काठको सिँढी निर्माण गरिएको छ।
सम्पदामैत्री काठको सिँढी निर्माणमा नेपाली सेनाको कालीदल गणले पनि सहयोग गरेको कोष संस्कृति महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताए। पशुपति क्षेत्रको धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सौन्दर्यतामा असर नपर्ने गरी काठको सिँढी राखिएको हो।
मूल मन्दिरको पश्चिम भागबाट अन्य भागमा पनि काठको सिँढीलाई विस्तार गर्ने योजना रहेको पनि कोषले जनाएको छ। महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रका सम्पदामा रङरोगनका साथै मर्मत सम्भार पनि सुरु गरिएको छ। रासस
माघ २३, २०७९, साेमबार
प्रतिक्रिया