कञ्चनपुरमा बुवाको कुटाइबाट चार वर्षीया बालिकाको ज्यान गएको छ।
भीमदत्त नगरपालिका–१८ सालघारीकी चार वर्षीया बालिका शुसिला चुनाराको बालिकाका बुवा ईन्द्र चुनाराको पिटाइबाट मृत्यु भएको हो। ईन्द्रलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बालिकाको बुवाको कुटपिटबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएको छ।
मृतक बालिकाकाे शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया