बैंकर रविना देशराजले दुई दिन पछि भ्यालेन्टाइन मनाउन जान लागेको जानकारी दिएकी छन्।
उनले भ्यालेन्टाइनको लागि एक घरबाट अर्को घर जान लागेको सामाजिक सञ्जालमा लेखेकी छन्।
१४ फेब्रुअरीलाई ‘भ्यालेन्टाइन डे’को रुपमा मनाउने गरिन्छ।
डेढ महिनाअघि सेलिब्रिटी बैंकर रविनाले आफ्नो प्रेमीको तस्बिर सार्वजनिक गरेकी थिइन्। केही समयअघि मात्र मैगा बैंकको कामू सीईओबाट राजीनामा दिएकी उनले सामाजिक सञ्जाल इन्स्ट्राग्रामबाट आफ्नो प्रेमीको तस्बिर सार्वजनिक गरेकी हुन्।
उनले प्रेमी पाउँदा खुसी भएको बताएकी थिइन् भने प्रेमीसँगको घुमघामको फोटोहरु सार्वजनिक गर्दै आएकी छन्।
उनले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार उनका प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यान हुन्।
1.8k
Shares
प्रतिक्रिया