खेल


केपी ओली कप फुटबलको उद्घाटनमा पुलिस र सातदोबाटो भिड्ने

केपी ओली कप फुटबलको उद्घाटनमा पुलिस र सातदोबाटो भिड्ने

नेपालखबर
माघ २९, २०७९ आइतबार १७:१६, काठमाडौँ

केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने भएका छन्। 

आयोजक केपी ओली फुटबल क्लबले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको खेल तालिका अनुसार आगामी फागुन ११ गते पुलिस क्लब र सातदोबाटो भिड्ने भएका हुन्।  

प्रतियोगिताको दोस्रो दिन दुई खेल हुनेछ। प्रतियोगिताको दोस्रो दिन पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र एनआरटी भिड्नेछन्।

सो खेल बिहान ११ः०० बजे हुनेछ। सोही दिन मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड खेल्नेछन्। सो खेल दिउँसो ३ बजे हुनेछ। 

फागुन १३ गते केपी ओली एफसी र जावलाखेल खेल्नेछन्। १४ गते प्रतियोगिताको पहिलो सेमिफाइनलमा सातदोबाटो र पुलिसबीचको खेलको विजेता तथा आमी र एनआरटीको विजेता भिड्नेछन्। 

दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज र मछिन्द्रको विजेता टोली तथा केपी ओी एफसी र जावलाखेलको विजेता भिड्नेछन्। फाइनल खेल फागुन १७ गते दशरथ रंगशालामा हुनेछ। 

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। 

विभागततर्फ उदियमान खेलाडी, सर्वाधिक गोलकर्ता, र उत्कृष्ट गोलरक्षकले समान ५० हजार रुपैयाँ पाउनेछन्। हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार प्राप्त गर्नेछन्।

प्रतियोगिताको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्। हरेक खेलको विजेताले २५ हजार रुपैयाँ पाउनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .