समाज


जनयुद्ध दिवसको अवसरमा सुसेला काव्यशालाको दोस्रो शृंखला

जनयुद्ध दिवसको अवसरमा सुसेला काव्यशालाको दोस्रो शृंखला

नेपालखबर
फागुन १, २०७९ सोमबार २१:२३, काठमाडौँ

२८औँ जनयुद्ध दिवसको अवसर पारेर सुसेला काव्यशालाको दोस्रो शृंखला सम्पन्न भएको छ।

सोमबार सुसेला सांगीतिक समूह र पुष्पलाल ज्ञानशालाको आयोजनामा काठमाडौँको बागबजारमा सम्पन्न सुसेला काव्यशालामा सांगीतिक कार्यक्रममा साथमा कविताहरु प्रस्तुत गरिएको थियो। 

कार्यक्रममा कवि तथा राजनीतिकर्मी बलराम तिमिल्सिनाले जनयुद्धको स्मरण गर्दै जनताले जनयुद्ध र त्यसको नेतृत्वसँग गरेको अपेक्षा पूरा हुन नसकेको बताए। जनताले आफ्नो जीवनस्तरमा साच्चिकै परिवर्तन हुन्छ भनेर युद्धमा सहभागी भएको बताउँदै उनले नेतृत्वको सम्झौंतापरस्त नीतिका कारण जनयुद्धका उपलब्धि संस्थागत हुन नसकेको बताए। 

‘जनताले जनयुद्धबाट आफ्नो जीवनस्तर साँच्चै परिवर्तन हुन्छ भन्ने ठानेका थिए। तर नेतृत्व चिप्लँदै चिप्लँदै अहिलेको अवस्थामा आइपुग्यो’, उनले भने।   

उनले जनयुद्धबाट अधुरा रहेका क्रान्तिका बाँकी काम अबको पुस्ताले पुरा गर्नुपर्ने बताए। उनले अहिलेको युवाले पुँजीवादसँग जोगिँदै लड्दै क्रान्तिको बाँकी कार्यभार पूरा गर्नुपर्ने बताए।

कार्यक्रममा लक्ष्मीदेवी गौडेल, समर्पण श्री, विभूति भट्टराई, कपिल सिजापती, शैलज पौडेल र बलराम तिमिल्सिनाले कविता वाचन गरेका थिए। त्यस्तै सुसेला सांगीतक समूहका अञ्जानबाबु, विष्णु अधिकारी, ठाकुर सुवेदी, श्याम ढकाल र मोहन तिम्सिनाले विभिन्न गीतहरु प्रस्तुत गरेका थिए। 

काव्यशालाको पहिलो शृंखलामा कवि विनोदविक्रम केसीको एकल कविता वाचन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .