ad ad

ग्लोबल


इजरायली सेनाले भन्यो- गाजामा यी जर्मन युवतीसहित ३ बन्धकको शव भेटियो

इजरायली सेनाले भन्यो- गाजामा यी जर्मन युवतीसहित ३ बन्धकको शव भेटियो

नेपालखबर
जेठ ५, २०८१ शनिबार ७:३७, काठमाडौँ

इजरायली सेनाले उत्तरी गाजाको जबलियामा सुरक्षा बलले तीन जना बन्धकको शव फेला पारेको जनाएको छ।

शव फेला पर्नेमा शनि लुके, अमित बुस्किला र इत्जाक छन्।

इजरायली रक्षा बलले यी मानिसलाई अक्टोबर ८ मा मारिएको थियो र गाजा लगिएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार बन्धकहरूको शव गाजाको सुरुङमा फेला परेको हो। 

अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो। जसमा १२ सय मानिस मारिएका थिए।

त्यसपछि हमास लडाकुहरूले गाजामा २५२ जनालाई बन्धक बनाएका थिए।

जवाफमा इजरायली सैन्य कारबाहीमा गाजा र वेस्ट बैंकमा हालसम्म ३४ हजारभन्दा बढी मानिस मारिएका छन्।

तीन जनाको शव फेला परेकामध्ये एक जर्मनीकी शानि लुक हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .