समाज


कांग्रेस नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगियो

कांग्रेस नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगियो

नेपालखबर
फागुन ४, २०७९ बिहिबार १५:४, काठमाडौँ

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ।

ग्यास सिलिन्डर विष्फोट भएर गम्भीर घाइते भएका नेता भण्डारीलाई एयर एम्बुलेन्समार्फत् मुम्बईको नेशनल बर्न सेन्टर लगिएको हो। 

स्वास्थ्य मन्त्रालयका अनुसार नेता भण्डारीसँग क्रिटिकल कियर प्रमुख डा. प्रदीप तिवारी, एनेस्थिसिया क्रिटिकल कियर डा बृहस्पति, डा. रोशन शर्मा, पारामेडिसियन दिनेश राई, सागर महर्जन र राज तामाङसहितको टोली पनि मुम्बई गएको छ। 

काठमाडौंको बुद्धनगरस्थित घरमा गएराति ग्यास सिलिन्डर विस्फोट हुँदा नेता भण्डारी आमासँगै घाइते भएका थिए। विस्फोटमा परी गम्भीर घाइते भएकी उनकी आमा हरिकलाको उपचारका क्रममा किर्तिपुर अस्पतालमा निधन भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले ग्याँस लिक भएपछि भण्डारीको निवासमा विस्फोट भएको देखिएको बताएका छन्।

‘ग्यास लिक भएपछि आमाछोरा नै किचेनमा पुगेको देखियो। त्यसक्रममा आमा ग्यासनजिकै भएकाले धेरै क्षति भएछ,’ उनले भने, ‘छोरा अलिक पर भएकाले आमाकोभन्दा कम शरीर जलेको देखियो।’

ग्यास सिलिन्डर विस्फोट र आगोबाट जलेर घाइते भएका उनीहरु दुवैजनालाई तत्कालै कीर्तिपुर अस्पतालमा लगिएको थियो। कांग्रेसका नेता भण्डारी गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .