समाज


नेपाली समाज विकृतिले भरियो : डा. जगमान गुरुङ

नेपाली समाज विकृतिले भरियो : डा. जगमान गुरुङ

नेपालखबर
फागुन ९, २०७९ मंगलबार १४:१५, काठमाडौँ

संस्कृतिविद् डा. जगमान गुरुङले नेपाली समाज विकृतिले भरिन थालेको बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित दोलखाको चरणावती तीर्थबारे छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाली समाज विकृत रुपमा अघि बढीरहेकाले समाजलाई सच्याएर अघि बढाउनुपर्ने अवस्था रहेको बताए। उनले नेपालीहरुले पुरानो संस्कृति र संस्कार बिर्सिसकेकाले यसलाई पुनः उजागर र प्रवद्र्धनको आवश्यक्ता रहेको बताए।

संस्कृतिविद् गुरुङले नेपाली समाजलाई विदेशीहरुले हेर्न आउने लायक बनाउनुपर्नेमा जोड दिए।

उनले नेपालको राजनीतिक वर्गले नेपाली मानिसहरुको दिमागको सही सदुपयोग गर्न नसकेको बताए। उनले नेपाली समाजमा छाडा संस्कृति हाबी भइरहेको बताए।

उनले भने, ‘अहिले नेपालमा नेपालीहरुले मान्छेलाई चिनेका छैनन्। मान्छेको दिमागको सदुपयोग गर्न सकेका छैनन्। प्राध्यापक डाक्टर पिताम्बर शर्मा अहिले कीर्तिपुरतिर बस्नुहुन्छ, उहाँलाई योजना आयोगको उपाध्यक्ष बनाइयो तर माथिबाट दबाब आएका कारण म काम गर्न सक्दिन भनेर राजीनामा दिएर बस्नुभयो। मानिसको दिमाग कुहिएको छ, दिमागलाई नेपालका राजनीतिक वर्गले सदुपयोग गर्न सकेको छैन।’

उनले थपे, ‘अहिले बुढाबुढी गाउँमा, छोराछोरी शहरमा बस्छन्, नातीनातिनी होस्टेलमा बस्छन्। तीन पुस्ताको भेट नै हुन पाउँदैन। अनि संस्कृतिको हस्तान्तरण कसरी गर्ने? अहिले नातीनातिनीहरुले लगाएको लुगा देख्दा बुढाबुढीहरु लाज हुन्छ। १२/१५ वर्षका केटीहरु हाफ पाइन्ट लगायो, त्यो पनि पट्याउँदै पट्याउँदै माथिसम्म ल्याउँछन्, अर्धनग्न अवस्थामा छ। विश्वका मानिसले नेपालीहरु कसरी मिलेर बसेका रहेछन् त? भनेर नेपाली समाज र संस्कृति हेर्न आओस् न। नेपाली समाज अहिले धेरै अघि बढेको छ, त्यो स्वीकृतिमा होइन, विकृतिमा छ। हामीले आफ्नो पुरानो संस्कार छोडिसकेका छौँ। आपसी सद्भाव छोडिसक्यौँ। अहिले भारतको अन्न ल्याएर खान्छौँ, पहिला नेपालमा आउँथे।’

सम्पूर्ण शास्त्रहरु गौरीशंकर हिमालबाट उत्पत्ति भएकाले गौरीशंकर हिमालको उजागर गर्न आवश्यक रहेको बताए। उनले कालिन्चोकलाई शक्तिकेन्द्रको रुपमा स्थापित गर्नुपर्ने बताए।

उनले कालिन्चोक, चरणावती तीर्थ, दोलखा भीमसेन र गौरीशंकर हिमाल र च्छो रोल्वा हिमालको प्रचारप्रसार गर्नसके मानवसरोवर र कैलाश जाने तीर्थयात्री गौरीशंकर र च्छोरोल्वामा आउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .