समाज


कान्ति बाल अस्पतालद्वारा ‘सकारात्मक सोधखोज’ तालिम सञ्चालन

कान्ति बाल अस्पतालद्वारा ‘सकारात्मक सोधखोज’ तालिम सञ्चालन

नेपालखबर
फागुन १५, २०७९ सोमबार १९:१६, काठमाडौँ

कान्ति बाल अस्पतालको आयोजना तथा ‘नेसनल इन्सिच्युट फर क्यारियर डेभलपमेन्ट (मिडिया हाउस)’ को व्यवस्थापनमा २ दिने ‘सकारात्मक सोधखोज’ सम्बन्धी तालिम सुरु भएको छ।

लाजिम्पाटस्थित ‘ली हिमालय’मा सुरु भएको कार्यक्रमको उद्घाटन कान्ति बाल अस्पतालका अध्यक्ष डा. बाबुराम गौतमले गरे।

त्यसक्रममा डा. गौतमले तालिमले सकारात्मक सोचको एउटा तंरग ल्याउने र कर्मचारीहरुको काम गर्ने जोश जाँगरमा थप उर्जा पुग्ने बताए।

कार्यक्रममा ‘नेसनल इन्सिच्युट फर क्यारियर डेभलपमेन्ट (मिडिया हाउस)’की कार्यकारी निर्देशक सहनशीला शर्माले खादा ओडाएर साथै मायाको चिनो प्रदान गरी अतिथि हरुको स्वागत गरेकी थिइन्।

डाक्टर, स्टाफ नर्स, कर्मचारी तथा अन्य भूमिकामा काम गर्ने ४० जनाको सहभागीता रहेको यस तालिम कार्यक्रमको संचालन वरिष्ठ प्रशिक्षक रुपेन्द्र मर्हजनबाट भएको थियो।

विशेष अतिथि ‘गुणस्तर मापन तथा नियमन महाशाखा’ प्रमुख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा.मदनकुमार उपाध्यायले तालिमको सफलताको कामना गरे।

अर्का विशेष अतिथि को रुप मा कान्ति बाल अस्पतालका निर्देशक डा.युवानिधि बसौला तथा अस्पतालकै विकास समितिका सदस्य कपिल देव लामेछानेको पनि उपस्थिती थियो।

यस कार्यक्रममा नर्सिङ विभागकी प्रमुख सह प्राध्यापक रोशनीलक्ष्मी तुईतुईले सकारात्मक सोचको तालिमले सकारात्मक परिणाम आउने कुरामा आफ्नो विश्वास रहेको कुरा व्यत गरिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .