समाज


कारको ठक्करबाट १८ महिने शिशुको मृत्यु

कारको ठक्करबाट १८ महिने शिशुको मृत्यु

नेपालखबर
फागुन २४, २०७९ बुधबार ५:५५, सर्लाही

सर्लाहीको बलरामा कारको ठक्करबाट १८ महिने शिशुको मृत्यु भएको छ।

सोमबार राति भारतीय नम्बर प्लेटको एचआर २६ सीएच ९७०६ नम्वरको कारले ठक्कर दिँदा बलरा नगरपालिका–२ हथिऔल निवासी हरेराम सहनकी छोरी १८ महिनाकी माया कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

शिशुलाई बाटोमा खेलिरहेका बेला कारले ठक्कर दिएको हो। कारको ठक्करबाट गम्भीर घाइते बालिकालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। 

दुर्घटनापछि प्रहरीले कार र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .