ad ad

समाज


जब सशस्त्रका जवान इन्सपेक्टरको बर्दी लगाएर प्रहरी कार्यालय पुगे...

जब सशस्त्रका जवान इन्सपेक्टरको बर्दी लगाएर प्रहरी कार्यालय पुगे...

नेपालखबर
फागुन २९, २०७९ सोमबार १३:५०, काठमाडौँ

सशस्त्र प्रहरीका एकजना जवान आफ्नो उत्पट्याङ हर्कतका कारण निलम्बनमा परेका छन्। 

सशस्त्र प्रहरी जवान सन्दीपकुमार साहलाई आचारसंहिताविपरीत कार्य गरेको भन्दै निलम्बन गरेको हो। 

सशस्त्र प्रहरी निरीक्षकको दर्ज्यानी चिन्हसहितको बर्दीमा साह इलाका प्रहरी कार्यालय आरुघाटमा पुगेका थिए। 

उनले त्यहाँ पुगेर म गोरखा गुल्मको इन्सपेक्टर हुँ भन्दै इलाका प्रहरी कार्यालयमा परेको निवेदनमाथिको छलफललाई प्रभावित पार्न खोजेको खुलेको थियो।

साह सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बगलामुखी काठमाडौंमा कार्यरत थिए। उनले १० दिने घरबिदामा गएका बेला उक्त हर्कत गरेका हुन्। 

सशस्त्र प्रहरीका अनुसार गोरखाको आरुघाट गाउँपालिका-३ थुमी बस्ने १५ वर्षीया सुस्मिता बराम फागुन १५ देखि १९ गतेसम्म सदरमुकाममा रनिङ शिल्डमा भाग लिन गएर नआएपछि इलाका प्रहरी कार्यालय आरूघाटमा उजुरी परेको थियो। 

उनलाई श्यामम्राङ बस्ने हिरा बहादुर बरामले फकाएर आफूसँग लगेको भनेर दिएको निवदेनलाई साहले प्रभावित गर्न खोजेको खुलेको छ। 

सुस्मिता बरामका बुवाले नाबालिका छोरीलाई फकाएर लैजाने हिराबहादुरमाथि कारवाही मागसहित निवेदन दिएका थिए। त्यसपछि प्रहरीले दुवै पक्षलाई अनुसन्धानको झिकाएको थियो।

सशस्त्र प्रहरी जवान साह इन्सपेक्टरको बर्दीमा प्रहरी कार्यालय पुगेका थिए। उनले सुस्मिताका बुवालाई ससुरा र सुस्मितालाई साली भन्दै आफू उक्त केस मिलाउन आएको बताएका थिए। 

घटना प्रभावित पार्न र सालीको पक्षमा वकालत गर्न गएको बुझिएपछि उनलाई दर्ज्यानी चिन्हसहितको बर्दी दुरुपयोग अभियोगमा पक्राउ गरिएको छ।

साहमाथि सशस्त्र प्रहरी नियमावली २०७२ को परिच्छेद १३ को नियम ११६ को उपनियम १ खण्ड (घ) बमोजिम निलम्वन गरी कारवाही प्रकृया अगाडी बढाइएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .