राजनीति


प्रमिलाकुमारीले फिर्ता लिइन् उपराष्ट्रपतिको उम्मेदवारी

प्रमिलाकुमारीले फिर्ता लिइन् उपराष्ट्रपतिको उम्मेदवारी

फाइल तस्बिर


नेपालखबर
फागुन २९, २०७९ सोमबार १४:१, काठमाडौँ

जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी प्रमिलाकुमारीले मनोनयन फिर्ता लिएकी छन्। 

जसपाबाट संसदीय दलका नेता रामसहायप्रसाद यादवको पनि उम्मेदवारी परेको अवस्थामा प्रमिलाकुमारीले सोमबार मनोनयन फिर्ता लिएको बताएकी हुन्। 

'उपराष्ट्रपतिको निर्वाचनका लागि मैले फागुन २७ गते उम्मेदवारी मनोनयन पत्र दर्ता गराएकी थिएँ', उनले भनिन्, 'गठबन्धनबाट साझा उम्मेदवार जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादव रहनु भएको छ। उहाँ लोकतन्त्र स्थापनका लागि त्याग र संघर्ष गर्नु भएको अग्रज नेता हुनुहुन्छ। त्यसैले उहाँलाई समर्थन गर्दै मेरो उम्मेदवारी फिर्ता लिएकी छु।'

उनले निर्वाचन आयोगले तोकेको समयमा फिर्ता नगरेपछि उम्मेदवारी कायमै रहेको अवस्थामा यादवलाई नै समर्थन गर्ने बताएकी छन्। 

'प्राविधिक रुपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गए पनि प्रतिवद्धताका साथ म वहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु', उनले भनेकी छन्। 

उनले आफू उपराष्ट्रपति पदको लागि उम्मेदवार नरहेकाले गठबन्धनका तर्फबाट साझा उम्मेदवार यादवलाई मत पनि मागेकी छन्। 

प्रमिला कुमारी जसपाबाट हाल राष्ट्रियसभा सदस्य तथा राजनीतिक समिति सदस्य पनि छिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .