समाज


पहिलोपटक निःशुल्क ओपीडी गर्दै नर्भिक आईभीएफ, निःसन्तानलाई अवसर र छुट

पहिलोपटक निःशुल्क ओपीडी गर्दै नर्भिक आईभीएफ, निःसन्तानलाई अवसर र छुट

नेपालखबर
फागुन ३०, २०७९ मंगलबार १२:२९, काठमाडौँ

नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आईभीएफ सेन्टर’ले आउँदो शनिबार (चैत ४ गते) निशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ। 

नि:सन्तानसम्बन्धी समस्या भएका र दुरबिन पद्धतिबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोग सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै हस्पिटलले निशुल्क ओपीडी सेवा सञ्चालन गर्न लागेको हो। 

नर्भिक हस्पिटलकी वरिष्ठ स्त्री रोग तथा टेष्टट्युव वेवी बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टोलीले निशुल्क ओपीडी सेवा सञ्चालन गर्नेछ। 

आगामी चैत ४ गते शनिबार बिहान १० देखि २ बजेसम्म नर्भिक आईभीएफ सेन्टरमा सञ्चालन हुने निशुल्क ओपीडी सेवामा बिरामीलाई भिडियो एक्सरेमा २० प्रतिशत र ल्याब परीक्षणमा १० प्रतिशत छुट दिइने नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिए। 

उक्त स्वास्थ्य परीक्षणमा सहभागी बिरामीको कुनै पनि शल्यक्रिया गर्नुपरेमा थप छुटसहितको प्याकेज पनि लागू गरिने मिश्रको भनाइ छ। 

नि:शुल्क ओपीडी सेवामा स्वास्थ्य परीक्षण गराउन चाहने बिरामीले अग्रिम रुपमा नाम दर्ता गराउन समेत सक्ने अस्पतालले जनाएको छ। अस्पतालको टेलिफोन नम्बर ०१५९७००३२ मा सम्पर्क गरी नाम दर्ता गराउन सकिनेछ। 

नर्भिक अस्पतालले सामाजिक उत्तरदायित्व(सीएसआर)अन्तर्गत सर्वसाधारण बिरामीलाई लक्षित गर्दै प्रत्येक शनिवार विभिन्न रोगसँग सम्बन्धित बिशेषज्ञ चिकित्सकद्वारा निशुल्क ओपीडी सेवा सञ्चालन गर्दै आएको छ।

अस्पतालले गत फागुन ७ गते मधुमेहका रोगीलाई लक्षित गरी बृहत् जनचेतनामूलक कार्यक्रम समेत गरेको थियो। आगामी चैत ७ गते समेत पुनः मधुमेहलक्षित जनचेतनामूलक कार्यक्रम समेत आयोजना हुँदै छ।

सो कार्यक्रममा सहभागी बिरामीले ब्लडसुगर निःशुल्क जाँचको सुविधा समेत पाउनेछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad