आईसीसी लिग २ को महत्त्वपूर्ण खेलमा युएईका ब्याटरले नेपाली बलरलाई निरिह बनाउँदै कीर्तिमानी लक्ष्य प्रस्तुत गरेका छन्। टस जितेर पहिले ब्याटिङ गरेको यूएईले नेपालसामु लिग २ कै सर्वाधिक ३११ रनको लक्ष्य प्रस्तुत गर्यो। नेपालले लिग २ का ३६ खेलमा पाएको यो नै सर्वाधिक ठूलो चुनौती हो।
नेपालले सिधै विश्वकप छनौट खेल्न ३११ रन बनाउनुपर्ने भएको छ। नेपालले यो लक्ष्य भेट्टाउन जवाफी ब्याटिङ थालेको छ।
यूएईका लागि सातौं क्रममा ब्याटिङ गर्न आएका आसिफ खानले ४२ बलमा १०१ रनको पारी खेले। उनले ११ छक्का र ४ चौका प्रहार गर्दा भ्रित्या अरविन्द पनि शतक पूरा गर्न मात्रै ६ रनले चुके। अरविन्दले १३८ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै अन्तिम बलमा क्याचआउट भए।
त्यसअघि कप्तान मुहम्मद वासिमले ४९ बलमा ६३ रन प्रहार गर्दै सानदार सुरुवात दिलाएका थिए। उनले ६ छक्का र २ चौका प्रहार गरे। युएईका लागि रोहन मुस्ताफाले पनि ३२ बल खेल्दा ३ चौकाको मद्दतमा २० रन बनाए।
यूएईका ब्याटरले नेपाली बलरलाई निरिह सावित गरे। ललितनारायण राजवंशी र दीपेन्द्र सिंह ऐरीले कसिलो बलिङ गरे पनि यूएईलाई कीर्तिमानी लक्ष्य प्रस्तुत गर्न रोक्न सकेनन्। ललितले पूरै १० ओभरमा २७ रन मात्रै दिएर एक विकेट हात पारे।

दीपेन्द्रले ८ ओभरमा मात्रै १९ रन खर्चेर २ विकेट हात पारे। कुशलले ४ ओभरमा ३८ रन खर्चिँदा एक विकेट पनि लिन सकेनन्।
सोमपाल कामी, सन्दीप लामिछाने, कुशल मल्ल र गुल्सन झा महंगो सावित भए। ९ ओभर बलिङ गरेका सोमपालले एक विकेट लिएर ७४ रन खर्चिए। सन्दीप पनि उस्तै महंगो सावित भए। २ विकेट लिँदा विश्व कीर्तिमान बनाउने सन्दीप आफ्नो कीर्तिमानमा मात्रै चुकेनन् टोलीलाई महत्वपूर्ण योगदान दिन पनि चुके।
१० ओभरमा मात्रै एक विकेट लिएका सन्दीपले ८० रन खर्चिए। गुल्सन झाले ८ ओभरमा विनाविकेट ६३ रन दिए। १ ओभर बलिङ गरेका आरिफले ६ रन खर्चिए।
Shares

प्रतिक्रिया