समाज


सिन्धुपाल्चोकमा जिप दुर्घटना, ७ घाइते

सिन्धुपाल्चोकमा जिप दुर्घटना, ७ घाइते

नेपालखबर
पुस १९, २०७६ शनिबार ५:३३,

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा शनिबार बिहान बलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्।

घाइतेमध्ये एक जनाको टाउकोमा गहिरो चोट लागेकाले उपचारको लागि काठमाडौँ लगिएको र अरुको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिए।

काठमाडौँको सितापाइलाबाट दोलखाको कालिञ्चोक मन्दिर जाँदै गरेको बा२च६९६५ नम्बरको जिप सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

सोही ठाँउमा गएको मंसिर २९ गते बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad