ad ad

समाज


अमेरिकी सेनाको २२ सदस्यीय टोली काठमाडौंमा, भोलिदेखि नेपाली सेनासँग वार्ता

अमेरिकी सेनाको २२ सदस्यीय टोली काठमाडौंमा, भोलिदेखि नेपाली सेनासँग वार्ता

अमेरिकी सेनाका कमान्डर क्रिस्टोफर स्मिथ


नेपालखबर
चैत १२, २०७९ आइतबार १८:७, काठमाडौँ

नेपाली सेना र अमेरिकी सेनाबीच सोमबारदेखि तीनदिने छलफल सुरु हुने भएको छ। 

काठमाडौंमा चैत १३ देखि १५ गतेसम्म हुने द्विपक्षीय सैन्य छलफलमा सहभागी हुन २२ सदस्यीय अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको छ। 

यस्तो छलफल सन् २०१८ देखि हरेक वर्ष आयोजना हुँदै आएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। गत वर्ष अमेरिकाको हवाईमा बैठक बसेको थियो। 

यसपटकको छलफल शान्ति सुरक्षा, मानवीय सहायता, विपद व्यवस्थापन र विषयवस्तु विज्ञताको आदान प्रदानमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ। 

अमेरिकी सेनासँग हुने छलफलको सम्पूर्ण तयारी पूरा भइसकेको सेनाले जनाएको छ। 

छलफलमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव र उपसचिवसहित नेपाली सेनाका उपरथीको नेतृत्वमा १४ सदस्यीय टोली सहभागी हुनेछन्। 

अमेरिकी सेनाको प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमाण्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन्। नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्ने तय भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .