समाज


न्याय दिने गाउँपालिका उपाध्यक्ष आफै पतिबाट प्रताडित, मागिन् प्रशासनकाे सहयाेग

न्याय दिने गाउँपालिका उपाध्यक्ष आफै पतिबाट प्रताडित, मागिन् प्रशासनकाे सहयाेग

शैलेन्द्र महतो
पुस १९, २०७६ शनिबार १५:२४,

अन्यायमा परेका गाउँका नागरिकलाई न्याय दिलाउने गाउँपालिका उपाध्यक्ष नै पतिबाट प्रताडित भएकी छन्।

धनुषाको औरही गाउँपालिकाका उपाध्यक्ष मिरादेवी सहनी पति उपेन्द्र सहनीबाट पटक पटक निर्घात कुटपीटलगायत यातना झेल्दै आएको उनले बताएकी छन्।

नेपाली काँग्रेसबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी मिरा पतिबाट पटक पटकको कुटपीट जस्ता यातनाबाट प्रताडित भएपछि न्यायको लागि गुहार माग्दै प्रशासनमा पुगेकी छन्। पति उपपेन्द्रले अत्यधिक मदिरा सेवन गरी आफुलाई पटक पटक कुटपीट गर्दै आएको भन्दै उनी बाध्य भएर जिल्ला प्रहरी कार्यालयमा पतिविरुद्ध उजुरी दिएकी हुन।

उजुरी पश्चात दोश्रो पटक उनका पति उपेन्द्रलाई प्रहरीले शनिवार पक्राउ गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालयको थुनुवाकक्षमा राखिएको जनाइएको छ। इलाका प्रहरी कार्यालय औरही र जिल्ला प्रहरी कार्यालय धनुषामा परेको उजुरीपछि यसअघि पनि उनलाई २२ दिन थुनुवामा राखिएको थियो।

पतिले असह्य दुःखपीडा दिन थालेपछि बाध्य भएर न्यायको लागि प्रशासनलाई गुहारेको पीडित उपाध्यक्ष मिराले नेपालखबरलाई बताइन्। ‘निर्वाचित हुनुअघिदेखि नै पतिले मलाई पटक पटक अत्यधिक रक्सी सेवन गरी कुटपीट गर्दै आउनु भएको छ।

तर घरको प्रतिष्ठा बचाउन सहँदै आएकी थिएँ। उपाध्यक्षमा निर्वाचित भएपछि पनि त्यस्तै यातना दिइरहनु भएको छ । तर अब सहन नसकेर प्रशासनमा पुगेकी हुँ ’ उपाध्यक्ष मिराले सुनाइन्।

आफुजस्तै अरु महिलाहरुले मदिराको कारण पतिबाट यतना खेप्नुपर्ने भएकाले गाउँपालिकामा मदिरा प्रतिवन्ध गर्न पटक पटक कार्यपालिकामा आबाज उठाएको तर कसैले मतलब नगरेको उनको गुनासो छ । मदिराकै कारण औरही अगाउँपालिकामा बलात्कार, हत्या, महिला हिंसाको घटनाहरु हुँदै आएको उपाध्यक्ष मिराले बताइन्।

पतिको यातनाको कारण उपाध्यक्ष मिरा गत एक महिनादेखि कार्यालय समेत गएकी छैनन्। जसका कारण न्याय समितिको कामकाज प्रभावित भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad