ad ad

समाज


गस्ती गर्दा खोलामा खसेर प्रहरी हवल्दार बेपत्ता

गस्ती गर्दा खोलामा खसेर प्रहरी हवल्दार बेपत्ता

सांकेतिक तस्बिर


नेपालखबर
चैत १७, २०७९ शुक्रबार १५:६, काठमाडौँ

इलाका प्रहरी कार्यालय काइगाउँ डोल्पामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार जोशीराम रेग्मी बेपत्ता भएका छन्।

बिहीबार बेलुकी गस्तीकै क्रममा काइगाउँ खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी शिव बुढाथोकीले जानकारी दिए। 

दैलेखको नौमुले गाउँपालिका घर भएका ४१ वर्षीय रेग्मीको खोजीका लागि नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको डीएसपी बुढाथोकीले जानकारी दिए। 

मुड्केचुला गाउँपालिका– १ अन्तर्गत पर्ने भेरीकुना भन्ने ठाउँमा बिहीबार साँझ गस्तीमा गएका थिए। त्यही क्रममा ३० मिटर तल खोलामा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। घटनास्थलमा झोला फेला परेको छ। 

पानी परिरहेको र खोँच रहेकाले खोजी कार्यमा समस्या भइरहेको पनि बुढाथोकीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .