समाज


सेती नदीमा भेटियो साढे दुई महिनादेखि बेपत्ता गुरुङको शव

सेती नदीमा भेटियो साढे दुई महिनादेखि बेपत्ता गुरुङको शव

नेपालखबर
चैत २३, २०७९ बिहिबार ७:४५, काठमाडौँ

गत माघ ९ गतेदेखि बेपत्ता भएका पोखराका विश्वबहादुर गुरुङको शव सेती नदीमा भेटिएको छ।

कास्की जिल्ला माछापुच्छ्रे  गाउँपालिका ६  घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्ने ४४ गुरुङ्ग माघ ९ गते सेतीमा हाम फालेका थिए। उनको शव भेटिएको थिएन।

मंगलबार पोखरा महानगरपालिका १६ को केआई पुलबाट लामाचौर बस्ने ३१ वर्षीया अल्का गुरुङले केआई सिंह पुलबाट हाम फालेकी थिइन्। अल्काले नदीमा हाम फालेको खबर प्राप्त भएपछि बुधबार नम्बर २४ कालिका  गण मालेपाटन पोखराबाट  सशस्त्रको गोताखोरसहितको टोली उद्वारका लागि गएको थियो। अल्काको खाजीकार्य गर्ने क्रममा अर्को शव भेटिएको सशस्त्रले बताएको छ।

उक्त शव माघदेखि बेपत्ता गुरुङको भएको पुष्टि भएको छ। शव पोष्ट मार्टमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ। 

अल्का गुरुङ्गको खोजीकार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।                             
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad