समाज


लागुऔषधसहित पेस्तोल र गोली बरामद

लागुऔषधसहित पेस्तोल र गोली बरामद

नेपालखबर
पुस २१, २०७६ सोमबार ११:५१,

सशस्त्र प्रहरीले छिन्नमस्ता गाउँपालिका–३ गोबिन्दपुरबाट एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली र लागुऔषध फेला पारेको छ। बेबारिसे अबस्थामा फेला परेको हतियार र लागुऔषध आज आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी गण नम्बर ६ का सशस्त्र प्रहरी उपरिक्षक उद्धब न्यौपानेले बताए।

सशस्त्र प्रहरी बल बेस क्याम्प गोविन्दपुरका सशस्त्र प्रहरी निरीक्षक नबिन बुढाथोकीको कमाण्डमा खटिएको टोलीले कटुवा पेस्तोल र गोलीसहित डाईलेक्स डि.सि.१०० मिलिलिटरको १५ बोतल बरामद गरेको हो। गस्ती गर्दै जाँदा बाँसको झ्याङ्गमा प्लाष्टिकको झोलामा लागु औषध, पेस्तोल र गोली फेला पारेको बुढाथोकीले बताए।

गाउँपालिकामा धर्ना

छिन्नमस्ता गाउँपालिका कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुरु गरेको धर्नाले सम्पूर्ण कामकाज ठप्प बनेको छ। चौध बुँदे माग राखेर नेकपा छिन्नमस्ताले शुरु गरेको धर्नाले गाउँपालिका कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको हो।

अविलम्ब वडा भेला र गाउँसभा गर्नुपर्ने, गाउँपालिकामा भएको भ्रष्टाचारविरुद्ध सर्वपक्षीय छानविन समिति गठन गर्नुपर्ने, आर्थिक वर्ष २०७५/७६ को आयव्यय सार्वजनिक गर्नुपर्ने, सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलन शुरू गरिएको बताइएको छ। माग पुरा नभएसम्म धर्ना कार्यक्रम जारी रहने संघर्ष समितिका संयोजक विनोदकुमार यादवले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .