ad ad

कला


पाँच प्रेमिका थिए, तर पनि कुमार हुँः सलमान खान

पाँच प्रेमिका थिए, तर पनि कुमार हुँः सलमान खान

नेपालखबर
पुस २१, २०७६ सोमबार ११:४४,

डिसेम्बरमा रिलिज भएको उनको ‘दबंग ३’ चलचित्रले पनि एक सय करोडभन्दा बढी व्यापार गर्यो।

यतिबेला भने सलमान आफ्नो टीभी कार्यक्रम ‘बिग बोस’मा व्यस्त छन्। बिग बोसको यो १३ औं संस्करण जारी छ।

हालै सलमानले उक्त बिग बोस कार्यक्रममा जीवनमा आफूले पाँँचजना युवतीसँग प्रेम गरेको बताए।

कार्यक्रममा उनले प्रेम गरेको स्वीकार गरे पनि आफू कुमार नै भएको बताएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

अजय देवगन र काजोल देवगन अतिथिका रुपमा बिस बोसमा उपस्थित थिए। सो क्रममा काजोलले तपाइँको जीवनमा तपाइँले कम्तिमा पाँच जनासँग प्रेम गरेको हुनुपर्छ भनेर प्रश्न गर्छिन?

उत्तरमा सलमानले त्यो स्वीकार गर्दै आफू तर कुमार नै भएको बताउँछन्। हिन्दुस्तान टाइम्सका अनुसार अजयले सो क्रममा हास्दै सलमानको कुरा नपत्याएजस्तो गरेपछि सलमान भन्छन्,‘मैले विवाह गरेको छैन त्यसैले म कुमार हुँ।’

काजोलले सो क्रममा सलमानले झुठो बोलेको बताउँदै उनका कुरा मेसिनले पनि नपत्याउने प्रतिक्रिया दिन्छिन्।

Image result for salman khan ajay and kajol

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .