समाज


अपडेट : भेरी नदीमा बन्दै गरेको पुल भाचिँदा ९ कामदार गम्भीर घाइते

अपडेट : भेरी नदीमा बन्दै गरेको पुल भाचिँदा ९ कामदार गम्भीर घाइते

निर्माण सकिन लागेको अवस्थामा भाँचिएको पुल। तस्बिर : नेपालखबर


दिनेश बुढा
बैशाख ७, २०८० बिहिबार १४:४६, सुर्खेत

डोल्पा सडकखण्ड अन्तर्गत जाजरकोट–रुकुमपश्चि हुँदै डोल्पा जोड्ने भेरी नदीमाथि बनेको बेलिब्रिज पुल भाँचिएको छ। 

उक्त पुल भाँचिदा ९ जना घाइते भएका छन्। जिल्ला प्रहरी कर्यालय रुकुमपश्चिमका अनुसार प्रहरीलाई पुल भाँचिएको खबर बिहीबार दिउँसो करिब १ बजे प्राप्त भएको थियो। 

प्रहरीका अनुसार डोल्पा जाने सडकखण्डकै जाजरकोटको नलगाड नगरपालिकाको तल्लुबगर र रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–४ को गोतामकोट जोड्ने पुल निर्माणधीन अवस्थामा रहेको थियो। 

पुलको काम गर्दै गर्दा एक्कासि भाँचिएर भेरीमा खस्दा ९ जना कामदार घाइते भएका छन्। 

इलाका प्रहरी कार्यालय आठबीसकोट रुकुमपश्चिका प्रहरी निरीक्षक विक्रम सुवेदीले नदीमा खसेर ९ जना कामदार घाइते भएका पुष्टि गरे।

उनीहरुको उद्दार गरेर उपचारका जाजरकोटको तल्लुस्थित प्रथामिक स्वास्थ्य केन्द्र (नलगाड अस्पताल) पठाइएको उनले जानकारी दिए। 

उनका अनुसार पुल भाँचिएको स्थानबाट अस्पताल पुग्न करिब दुई घण्टा लाग्छ। सबै घाइतेहरुको अवस्था गम्भीर छ। 

प्रहरी निरीक्षक सुवेदीले आठबीसकोटबाट अस्पताल पुग्न करिब एक घण्टाको दूरी रहेको बताए। उनले आफू पनि केही समयमा अस्पताल पुग्ने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .