समाज


‘यात्री’ मोटरसाइलको निर्माण टिमलाई भेटे प्रधानमन्त्रीले

‘यात्री’ मोटरसाइलको निर्माण टिमलाई भेटे प्रधानमन्त्रीले

फाइल तस्बिर


नेपालखबर
बैशाख १०, २०८० आइतबार २०:२, काठमाडौँ

सरकारी निकायले दर्ता नगरिदिएर तनावमा परेका स्वदेशी मोटरसाइकल ‘यात्री’का निर्माण टिमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन्। 

स्वकीय सचिव रमेश मल्लले आइतबार बिहान प्रधानमन्त्रीले  'यात्री'का स्वामित्वावालासँग बालुवाटार बोलाएर  छलफल गरेका हुन्।

‘यात्री’लगायत स्वदेशी उत्पादन र नवपर्वतनलाई प्रोत्साहन गर्न, विधमान कानुनी समस्या समाधानको प्रक्रिया तत्काल थाल्न प्रधानमन्त्रीले निर्देशन दिएको मल्लले बताए। 

'यात्रीको स्वामित्ववालालाई बोलाएर उनको कामलाई प्रोत्साहन गर्न मुख्यसचिवमार्फत सम्बन्धित पक्षलाई प्रधानमन्त्रीज्युले निर्देशन दिनु भएको छ', उनले भनेका छन्।

प्रधानमन्त्रीले पनि सामाजिक सञ्जालमार्फत 'यात्री' समस्या नभइ नयाँ अनुसन्धान हो भनेका छन्।

'यो नवपर्वतन हो, एउटा समाधान हो। सरकारले यसको प्रोत्साहन गर्दछ, संरक्षण गर्दछ र सम्बर्द्धन गर्दछ', उनले भनेका छन्, 'केही कानुनी समस्या रहेछ्न, सरकारले तुरुन्त त्यसको समाधान गर्दछ। यसबारे कुनै भ्रम रहन आवश्य छैन।'

मल्लका अनुसार यसलाई लिएर सोमबार अर्को बैठक बोलाइएको छ। 'भोलि सरोकारवाला सबै निकायको बैठक बोलाइएको छ', मल्लले भने, 'भोलिको बैठकमा युवा उद्यमशीलतालाई अझै प्रश्रय गर्न कानुनी तथा अन्य विषयमा थप छलफल हुनेछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad