समाज


युक्रेनियन विमान दुर्घटनाः इरानले अमेरिकालाई ब्ल्याक बक्स नदिने

युक्रेनियन विमान दुर्घटनाः इरानले अमेरिकालाई ब्ल्याक बक्स नदिने

नेपालखबर
पुस २४, २०७६ बिहिबार ७:४८,

अमेरिका अथवा बोइङ कम्पनी कसैलाई ब्ल्याक बक्स नदिने इरानले बताएको छ।

तेहरानस्थित इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ बोइङ ७३७ विमानमा सवार सबै १ सय ७६ जनाको मृत्यु भएको थियो।

विमानमा १६७ यात्रुसहित ९ जना चालक दलका सदस्य थिए। दुर्घटनामा इरानका ८२ नागरिकको मृत्यु भएको थियो भने क्यानडाका ६३ जनाको मृत्यु भएको थियो। यस्तै ११ युक्रेन, १० स्वीडेन, ४ अफगान, ३ जनर्म र ३ वेलायती नागरिकको मृत्यु भएको थियो।

यसबीचमा इरानले विमानको ब्ल्याक बक्स कसैलाई नदिने बताएको हो। विश्वव्यापी उड्ययन नियमअनुसार पनि इरानलाई आफ्नो मूलुकमा भएको विमान दुर्घटनाको अनुसन्धान गर्ने अधिकार छ।

इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा २२ वटा क्षेप्यास्त्र प्रहार गरेकै दिन उक्त विमान दुर्घटना भएपछि विभिन्न शंका र उपशंका उब्जिएको थियो।

यद्यपी इरानस्थित युक्रेनी दूतावासले इन्जिनमा आएको खराबीका कारण दुर्घटना भएको बताइसकेको छ। अनुसन्धानकर्ताले पनि अमेरिका र इरानको तनाव विमान दुर्घटनाको कारण नभएको बताएको छ।

Image result for ukraine plane

इरानका नागरिक उड्डयन संगठनका प्रमुख अलि अब्जेदाले भनेका छन्,‘हामी बोइङ र अमेरिकीलाई ब्ल्याक बक्स दिनौं। दुर्घटनाको अनुसन्धान हामी युक्रेनी अधिकारीहरुसँग मिलेर गर्छौं।’

बोइङले अनुसन्धानमा सहयोग गर्न आफू जतिबेला पनि तयार भएको बताएको छ। दुर्घटनामा क्यानडाका ६३ नागरिकको मृत्यु भएको थियो।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफूले अनुसन्धानमा सहयोगीको भूमिका खेल्न इच्छुक भएको इरानलाई बताएको छ।

सन् २०१८ यता बोइङको विमान दुर्घटनामा परेको यो तेस्रो ठूलो घटना हो।

यसअघि बोइङको दुईवटा म्याक्स ७३७ विमान दुर्घटनामा परेपछि हाल म्याक्स ७३७ मोडलका विमान विश्वभर ग्राउन्डेन छन्।

सन् २०१८ अक्टोबर २९ का दिन लायन एयरको फ्लाइट ६१० दुर्घटनामा पर्दा १८९ जनाको मृत्यु भएको थियो।

सन् २०१९ मार्च १० मा इथोपियन एयरलाइन्सको फ्लाइट ३०२ दुर्घटनामा पर्दा १ सय ५७ जनाको मृत्यु भएको थियो। यस्ता दुर्घटनाका घटनाले अमेरिकी कम्पनी बोइङलाई ठूलो आर्थिक घाटा पुगेको छ।

बीबीसी

Image result for ukraine plane

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad