राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरूङलाई पद तथा गोपनीयताको सपथ गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
सोही अवसरमा नवनियुक्त अध्यक्ष गुरुङले आयुक्तहरू रत्नप्रसाद (दीपक) मैनाली र कमला ओली थापालाई सपथ गराएका थिए।
सूचना आयोगका प्रमुख आयुक्तले प्रधानमनत्रीसँग र आयुक्तहरुले प्रमुख अयुक्तसँग सपथ लिने संवैधानिक प्रावधान छ।

प्रतिक्रिया