महोत्तरीको भंगाहा नगरपालिका-६ मदनपट्टिमा दुई जनाले एक कर्मचारीका साथबाट ५ लाख लुटेका छन्।
बर्दिवासस्थित फरवार्ड कम्युनिटी फाइनान्स कम्पनीमा कार्यरत सविता चौधरीका साथबाट उनीहरूले शुक्रबार साँझ ५ लाख रुपैयाँ लुटेका हुन्।
मोटरसाइकलमा पिछा गरेका उनीहरूले सविताका साथबाट नगदसहित कागजातसहितको झोला खोसेर फरार भएका हुन्।
जिल्ला प्रहरी कार्यालय (महोत्तरी)का प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार भंगाहा–६ र ७ का ७० बचतकर्ता र ऋणीबाट जम्मा गरिएको रकम लिएर बर्दिवासतर्फ स्कुटीमा फर्किरहेकी चौधरीको साथबाट ती दुई पुरुषले पेस्तोल देखाएर झोला खोसेका थिए।
चौधरी को२८प ६९ नंको स्कुटर चढेको खुले पनि लुटेराले प्रयोग गरेका मोटरसाइकलबारे थाहा हुन सकेको छैन।
‘अहिलेसम्म पीडितको भनाइका आधारमा घटनास्थलमा अनुसन्धान थालिएको छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने। घटना साँझ ५ बजेतिर भएको हो।
Shares

प्रतिक्रिया