ad ad

समाज


बालेनलाई बोलाउँदा आएनन्, सञ्जालमा हल्लामात्र गरे : स्वास्थ्यमन्त्री बस्नेत

बालेनलाई बोलाउँदा आएनन्, सञ्जालमा हल्लामात्र गरे : स्वास्थ्यमन्त्री बस्नेत

नेपालखबर
जेठ १९, २०८० शुक्रबार १९:१७, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काम कम हल्ला बढी गरेको टिप्पणी गरेका छन्। 

शुक्रबार (१९ जेठ) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले आफूले स्वास्थ्य संस्था अनुगमन कसरी गर्ने भन्ने तयार गर्दागर्दै मेयर शाहले भने सामाजिक सञ्जालमार्फत हल्ला गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। 

‘मैले अनुगमनमा बालेनलाई पनि बोलाएको आउनुभएन। उहाँ मसँग भेटेर बाहिर निस्किएपछि सामाजिक सञ्जालमा हल्ला गर्नुभएछ,’ पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले भने।

बालेनले गफ मात्र गरेको भन्दै उनले आफू भित्रभित्रै काम गरिरहेको बेलामा सामाजिक सञ्जालमा हल्ला भएको दाबी गरे। 

‘बालेलने गफ गरे म भित्रभित्रै काम गर्दै थिए, उनले बाहिर हल्ला गरे। स्वास्थ्य संस्था अनुगमन कसरी गर्ने भनेर तयारी गर्दै थिए,’ उनले भने,  ‘त्यही बेला आएर बाहिर हल्ला गर्नुभयो।’

मेयर शाहले गत मंगलबार विपन्न वर्गलाई सेवा दिएको विवरण नबुझाउने अस्पताललाई कारबाही गर्न माग गर्दै स्वास्थ्यमन्त्री बस्नेतसँग भेट गरेका थिए। 

सो क्रममा उनले महानगरलाई १० प्रशित विपन्न र लक्षित वर्गलाई सेवा दिएको विवरण उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाको नाम उपलब्ध गराएका थिए।

साथै, उनले आफू प्रचारबाजी भन्दा पनि जरो समातेर रोग पत्ता लगाइ उपचार गर्ने पद्धतिमा रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .