समाज


प्रशिक्षक मोन्टी देसाईसँगै सोमबार दक्षिण अफ्रिका जाँदैछन् सन्दीप

प्रशिक्षक मोन्टी देसाईसँगै सोमबार दक्षिण अफ्रिका जाँदैछन् सन्दीप

मोन्टी देसाई र सन्दीप लामिछाने (फाइल तस्बिर)


नेपालखबर
जेठ २१, २०८० आइतबार १८:७, काठमाडौँ

नेपाली क्रिकेटर सन्दीप लामिछाने नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईसँगै दक्षिण अफ्रिका जाने तय भएको छ। 

सन्दीपलाई लिएर देसाई पनि सोमबार (जेठ २२) नै दक्षिण अफ्रिका जाने तय भएको सन्दीपका वकिल अधिवक्ता सरोजकृष्ण घिमिरेले नेपालखबरलाई बताए। राष्ट्रिय टोलीका कप्तान रोहीत पौडेलसहितका अन्य सदस्यहरू गत मंगलबार नै त्यसतर्फ गइसकेका छन्। 

तर अदालतले आफ्नो मुद्दाको फैसला छिटो नगरेको भन्दै सन्दीप भने टोलीसँग गएका थिएनन्। 

सन्दीपको मुद्दालाई लिएर वकिलहरूले कम्तीमा डेढ महिना पर पेशी सार्न अदालतमा निवेदन दिएका थिए।

अदालतबाट उक्त निवेदन स्वीकृत हुँदै अर्को तारिख आगामी असार २९ गतेलाई मात्रै तोकिएपछि सन्दीपको क्रिकेट यात्रा नरोकिने भएको हो।

दक्षिण अफ्रिकामा नेपालले चारवटा अभ्यास खेल खेल्नेछ। त्यसपछि टोली त्यहीँबाट विश्वकपको ग्लोबल छनोट खेलमा सहभागी हुनका लागि जिम्बाब्वे उड्नेछ। 

जेलबाट छुटेर पनि बलिङ र ब्याटिङ दुवैमा आफ्नो प्रभाव जमाइरहेका सन्दीपबिनाको राष्ट्रिय टोलीमा समस्या देखिने भएपछि क्यानले उनलाई लैजान पहल गरेको थियो।

अब उनीविरुद्धको मुद्दाको पेशी असार २९ यता तोकिने छैन। यस्तोमा उनले दक्षिण अफ्रिकाको अभ्यास म्याच र जिम्बाब्वेमा हुने छनोट खेलमा पनि सहभागी हुन पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .