ad ad

समाज


आफैँ कार्यरत नेपाल मेडिसिटी अस्पताललाई यसरी ठगेपछि...

आफैँ कार्यरत नेपाल मेडिसिटी अस्पताललाई यसरी ठगेपछि...

अभियुक्त


नेपालखबर
जेठ २४, २०८० बुधबार १०:४०, काठमाडौँ

ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालका तीन कर्मचारी आफ्नै अस्पताललाई ठगेको आरोपमा पक्राउ परेका छन्। 

अस्पतालको बिलिङ सेक्सनमा कार्यरत दोलखा भीमेश्वर नगरपालिका–४ घर भई भक्तपुर ठिमी बस्ने ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका–११, चापागाउँ बस्ने २९ वर्षका सनम देशार र काठमाडौंको काठमाडौं महानगरपालिका–४, बालुवाटार बस्ने ३४ वर्षीय आशिष अर्याल ग्राहकसँग लिएको भन्दा बिलमा कम रकम देखाई ठगी गरेको आरोपमा पक्राउ परेका हुन्। 

बेड चार्ज, डाक्टर चार्ज र नर्सिङ चार्जबापत बिरामीहरूबाट वास्तविक शुल्क लिएर अस्पतालको सफ्टवेयरमा भने कम रकम इन्ट्री गरी २ करोड ६३ लाख ५५ हजार रुपैयाँ घाटा पुर्‍याएको भनी मेडिसिटी अस्पतालले दिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर (ललितपुर) ले जनाएको छ। 

सफ्टवेयरको दुरुपयोग गरी अस्पताललाई घाटा पुर्‍याएको आरोप लागेका उनीहरूलाई प्रहरीले आपराधिक लाभ तथा आपराधिक विश्‍वासघातसम्बन्धी कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट  ५ दिनको म्यादथप अनुमति लिई घटना अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .