समाज


डीएलएको अध्यक्षमा सीताराम केसी विजयी

डीएलएको अध्यक्षमा सीताराम केसी विजयी

नेपालखबर
जेठ २८, २०८० आइतबार १०:५५, काठमाडौँ

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) को अध्यक्षमा सीताराम केसी विजयी भएका छन्।

चितवनमा सम्पन्न ११औँ महाधिवेशनमा उनी ६ सय ५३ मतका साथ अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी लक्ष्मी दाहाल रावलले १ सय ७७ मत प्राप्त गरिन्। अर्का उम्मेदवार लक्ष्मण थपलियाले ५५, केदार कार्कीले १३० र कृष्ण घिमिरे भूषणले ५३ मत प्राप्त गरे। 

डीएलएको महासचिवमा ज्ञानेनद्रप्रसाद अधिकारी विजयी भएका छन्। उनी ३९३ मतका साथ महासचिवमा चुनिएका हुन्। महासचिवका अन्य उम्मेदवारहरू पूर्णप्रकाश बस्नेतले २३६, बाबुराम अर्यालले २२१, लक्ष्मण आचार्यले १५६ र सञ्जीवकुमार लामाले ४९ मत प्राप्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad