समाज


युवतीको टाउकोमा वीर्य स्खलन गर्ने युवक एक वर्षपछि पक्राउ

युवतीको टाउकोमा वीर्य स्खलन गर्ने युवक एक वर्षपछि पक्राउ

नेपालखबर
पुस २९, २०७६ मंगलबार ३:१,

सार्वजनिक बसमा यात्रा गरिरहेको बेला हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

ती युवकलाई सोमबार चितवनबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौँले जनाएको छ। उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

२०७५ मंसिरमा लगनखेल–स्वयम्भू–डल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका युवकले हस्तमैथुन गरी अघिल्लो सीटमा बसेकी युवतीको कपालमा स्खलन गरेका थिए।

पछि उनी आफैँले त्यसको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि घटना सार्वजनिक भएको थियो। ती युवक सवार बा २ ख ९३२६ नम्बरको बसलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो।

युवकले त्यस्तो हर्कत गरेको स्वीकारेका प्रहरीले जनाएको छ। अश्लील हर्कत गर्ने युवक र पीडित युवती दुवैको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

प्रहरीको खोजी सूचीमा रहेका ती युवक एक वर्षदेखि फरार थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad