ताप्लेजुङ, पाँचथर तथा संखुवासभा जिल्लाका बाढी तथा पहिरो प्रभावित ईलाकाहरुमा आज पनि नेपाली सेनाले खोज तथा उद्धार कार्य जारी राखेको छ।
सेनाका स्थानीय युनिटहरुबाट परिचालित फौजले अन्य निकायहरुका साथै सर्वसाधारणसँगको सहकार्यमा खोज तथा उद्धार कार्य जारी राखेका हुन्।
यसै क्रममा पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ्ग गाउँपालिका–७ स्थित हेवाखोला ईलाकामा अस्थाई तुइनद्वारा सामान ढुवानी गरिएको छ।
यस्तै, स्थानीय श्रोतसाधनको प्रयोगबाट अस्थायी पुल तथा अस्थायी प्रयोगको लागि गोरेटो बाटो निर्माण गर्नुका साथै उक्त स्थानमा बेपत्ता व्यक्तिहरुको खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।
यसैबीच काठमाणडौंमा संकलित राहत सामग्री नेपाली सेनाको हेलिकप्टरद्वारा पाँचथर र ताप्लेजुङ पुर्याइएको छ।
असार पहिलो साता परेको पानीका कारण बाढी पहिरो जाँदा पूर्वी नेपालमा ब्यापक जनधनको क्षति भएको थियो।
Shares
प्रतिक्रिया