काठमाडौं उपत्यकामा महिला(युवती)लाई शृंखलाबद्ध सिरिन्ज आक्रमण गर्ने गिरोहका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
उक्त घटनामा संलग्न आशंकामा प्रहरीले रामेछाप स्थायी घर भएका ३० वर्षीय सन्तोष कार्कीलाई महाराजगन्जबाट पक्राउ गरेको हो।
काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार कार्कीलाई परिसरबाट खटिएको टोलीले बिहीबार राति पक्राउ गरेको हो।
‘सन्तोष कार्की भन्ने व्यक्तिलाई पक्राउ गरेका छौं,’ परिसरका प्रवक्ता बोगटीले नेपालखबरसँग भने, ‘यसबारे विस्तृत जानकारी चाहिँ हामी आज दिउँसाे पत्रकार सम्मेलन गरेर सार्वनिक गर्दै छौं।’
कार्कीले भने आफूले सिरिन्जले नभइ काँटीले घोचेको प्रहरीसँग बताएका छन्।
पछिल्लाेपटक बुधबार काभ्रेको बनेपामा पनि एक महिला सिरिन्ज आक्रमणमा परेकी छन्। यसअघि काठमाडौंमा शृंखलाबद्ध सिरिन्ज आक्रमण भइसकेका छन्।
बनेपाकाे घटनासमेत गरेर सिरिञ्ज आक्रमणमा पर्ने महिलाकाे संख्या ९ पुगेको यसबाट पीडित महिलाको उपचार गरिरहेको टेकु अस्पतालले जनाएको छ।
केही दिनको अन्तरमा भएको उस्तै घटनाले महिलाह त्रसित छन्। उनीहरुलाई एचआईभीविरुद्ध एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिस बीविरुद्ध भ्याक्सिन पनि दिइएको टेकु अस्पतालका चिकित्सकले बताएका छन्।
चिकित्सका अनुसार पीडित महिलाहरूमा कुनै संक्रमण भए/नभएकाे टुंगो लाग्न ३ महिना कुर्नुपर्छ।
Shares

प्रतिक्रिया