समाज


अलिबाबा ग्रुपका संस्थापक ज्याक मा १५ दिने भिजिट भिसामा

अलिबाबा ग्रुपका संस्थापक ज्याक मा १५ दिने भिजिट भिसामा

नेपालखबर
असार १२, २०८० मंगलबार १५:४१, काठमाडौँ

पहिलोपटक नेपाल आएका चिनियाँ खर्बपति ज्याक माले १५ दिनको भिजिट भिसा लिएका छन्। उनी एक महिलासहित ७ जनाको टोली लिएर नेपाल आएका हुन्। 

विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक ज्याक मा विशेष चार्टर्ड विमानमार्फत मंगलबार दिउँसो काठमाडौं अवतरण गरेका हुन्। 

उनी काठमाडौंमा अवतरण भएको पुष्टि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले गरेका छन्। अधिकारीका अनुसार उनले १५ दिन नेपाल बस्ने गरी भिजिट भिसा लिएका छन्। 

ज्याक माले विमानस्थल अध्यागमनमा आफू चीनबाट नेपाल आएको विवरण टिपाएका छन्। तर उनको नेपाल बसाइको कार्यक्रमबारे अहिलेसम्म केही खुलाइएको छैन। 

सरकार र निजीक्षेत्रले पनि उनीसँगको भेटको कार्यक्रमबारे केही पुष्टि गरेका छैनन्। 

ज्याक मा पछिल्लो समयमा जापानमा बस्दै आएका थिए। उनी एसियाकै धनाढ्य व्यक्तिमध्ये एक हुन्। 

ज्याक मा को खास नाम मा यूङ् हो। उनी सेप्टेम्बर १०, १९६४ मा  झेजियांग प्रान्तको हांग्जोमा जन्मिएका हुन्। व्यावसायिक रूपमा उनी ज्याक मा को नामबाट प्रसिद्ध छन्।

उनी अलिबाबा समूहका संथापक तथा कार्यकारी अध्यक्ष हुन्। उनी विश्वचर्चित पत्रिका फोर्ब्सको आवरण कथा छापिने पहिलो चिनियाँ उद्यमी पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .