समाज


देशभर वर्षासँगै तराईमा हावाहुरीको सम्भावना छ, सतर्कता अपनाऊँ : मौसमविद्

देशभर वर्षासँगै तराईमा हावाहुरीको सम्भावना छ, सतर्कता अपनाऊँ : मौसमविद्

फाइल तस्बिर


नेपालखबर
असार १३, २०८० बुधबार ६:५०, काठमाडौँ

यतिबेला (बुधबार बिहान) देशभर मौसम आंशिकदेखि सामान्य बदली (आकाशमा बादल) भएको छ भने केही स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी प्रदेशका थोरै स्थान तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको हो। 

आज दिउँसो पनि कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसको अर्थ आज देशभर नै वर्षाको सम्भावना देखिएको हो। 

साथै दिउँसो मधेश प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थान तथा बाँकी प्रदेशका तराईका एक/दुई स्थानमा हावाहुरीको समेत सम्भावना महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख  गरिएको छ।

बुलेटिनअनुसार आज राति कोशी,  बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अनि गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको बुलेटिनमा जनाइएको छ। 

‘तराई क्षेत्रमा अझै एक÷दुई दिन हावाहुरी चल्ने सम्भावना छ’, मौसमविद् लामिछानेले बुधबार बिहान नेपालखबरसँग भने, ‘त्यस्तो धेरै नै ठूलो हावाहुरीको सम्भावना त छैन, नर्मल (सामान्य) भन्दा केही ठूलो हुन्छ, यसले असर गर्छ।’

काठमाडौंमा पनि वर्षाको सम्भावना
मौसमविद् लामिछानेका अ नुसार यतिबेला (बुधबार बिहान) काठमाडौं उपत्यकाको मौसम सामान्य बदली भएको छ। 

‘आज दिउँसो तथा राति उपत्यकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ’, उनले भने। 

मौसम महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ। 

जसमा भनिएको छ– कोशी,  बागमती, गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै यिनै प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको  र मधेश प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना  रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने देखिन्छ। भारी वर्षा, मेघगर्जन/चट्याङ र हावाहुरीका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .