कला


क्रुज जहाजमा हुँदै अनन्त-राधिकाको दोस्रो प्रि-वेडिङ समारोह, ८ सय अतिथि

क्रुज जहाजमा हुँदै अनन्त-राधिकाको दोस्रो प्रि-वेडिङ समारोह,  ८ सय अतिथि

नेपालखबर
जेठ १, २०८१ मंगलबार १७:३०, काठमाडौँ

विश्वकै धनाढ्यमध्येका एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानीको दोस्रो प्रि-वेडिङ समारोह क्रुज जहाजमा हुने भएको छ।

मे २८ देखि ३० सम्म हुने दोस्रो समारोहमा अम्बानी परिवारसँग जोडिएका विशेष व्यक्तिहरू उपस्थित हुनेछन्। जसको लागि ८०० अतिथिलाई आमन्त्रण गरिनेछ।

यो समारोह इटाली समुद्रको बीचमा क्रूज जहाजमा आयोजना हुनेछ। क्रुज जहाज इटालीको सहर बन्दरगाहबाट प्रस्थान गर्नेछ भने दक्षिणी फ्रान्समा आफ्नो यात्रा समाप्त गर्नेछ। यस जहाजमा ६०० जना स्टाफ हुनेछन् जसले ८०० पाहुनाहरूको बस्नेदेखि खानापानसम्म सबै कुराहरू हेर्नेछन्।  

बलिउडका तीन खान, बच्चन र कपूर परिवारको प्रवेशको सम्भावना बलियो रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। यसबाहेक व्यापार जगतका धेरै प्रसिद्ध व्यक्तिहरूले पनि यस क्रुज जहाज उत्सवमा भाग लिनेछन्।

यसअघि मार्च १ देखि ३ गतेसम्म अनन्त र राधिका मर्चेन्टको पहिलो प्रि वेडिङ जामनगरमा भएको थियो। जहाँ एक हजार बढी अतिथिहरू जामनगर पुगेका थिए। यसमा १२०० करोड भारतीय रुपैयाँ खर्च गरिएको थियो। बिहे भने आगामी जुलाई मा मुम्बईको वर्ल्ड सेन्टरमा हुनेछ।

युरोपका धेरै देशहरू समुद्रसँग जोडिएका छन्। बेलायत, इटाली, फ्रान्स र स्पेन एक अर्कासँग समुद्री मार्गले जोडिएका छन्। यस्तो अवस्थामा यहाँको क्रुज जहाज पर्यटन निकै प्रसिद्ध छ। अम्बानीको क्रूज जहाज इटालीबाट प्रस्थान गरी दक्षिणी फ्रान्समा आफ्नो यात्रा पूरा गर्नेछ।

दक्षिणी फ्रान्स पनि मुख्यतया यहाँ क्रूज जहाज पर्यटन निकै प्रसिद्ध छ। यहाँ टाढा टाढाबाट मानिसहरू क्रूज जहाजहरूमा पार्टी गर्न आउँछन्। यदि कुनै व्यक्ति यहाँ साधारण क्रूज जहाजमा पार्टी गर्न चाहन्छ भने उसले ५०० देखि १००० डलर अर्थात करिब ८४ हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad