समाज


पानी परेपछि मोरङका किसान खुशी

पानी परेपछि मोरङका किसान खुशी

नेपालखबर
जेठ २, २०८१ बुधबार १५:२२, काठमाडौँ

सुख्खा मौसमबाट चिन्तित बनेका मोरङका किसानले पानी परेपछि राहत महशुस गरेका छन्।

वायुमण्डलीय तापक्रम वृद्धिसँगै मौसममा आएको परिवर्तनका कारण तरकारी बाली सखाप हुने चिन्तामा रहेका किसान पानी पर्न थालेपछि चिन्तामुक्त बनेका हुन्।

कोशी प्रदेशका विभिन्न ठाउँमा केही दिन यता भएको वर्षाका कारण तरकारी बाली जोगिने भएपछि किसानहरूले राहत महशुस गरेका छन्। वैशाख महिनाको शुरुवातसँगै देशभरको तापमान उच्च बनेर खडेरीको अवस्था सामना गर्नुपर्दा तरकारी किसान चिन्तित थिए।

अस्वभाविक तापमान वृद्धिका कारण तरकारी बाली प्रभावित हुने देखिएपछि हरेस खाइसकेका किसान प्रि-मनसुनको वर्षा सुरु भएपछि हर्षित बनेका हुन्। कृषकहरुले पानी नपर्दा धेरै चिन्ता लागेपनि अहिले पानी परेपछि केही राहत मिलेको बताए।

मोरङमा किसानहरूले वार्षिक एक लाख ५२ हजार मेट्रिक टनको हाराहारीमा ५६ प्रकारका तरकारी उत्पादन गर्दछन्। जसमा काँक्रा, लौका, पर्वल, गोलभेडा, बोडी र खुर्सानी लगायत आठदेखि नौ प्रकारका तरकारी उत्पादन यही सिजनमा हुन्छ।

तर पछिल्लो समय वर्षा नभएर खडेरी लागेपछि बालीको वृद्धि विकासमा अवरोध र किरा लाग्ने लगायतका समस्या देखिएको थियो।

वर्षा शुरु भएसँगै यस पटकको तरकारी उत्पादन पनि राम्रो हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र मोरङका सूचना अधिकारी आदर्शकुमार सिंहले बताए। उनले पानी परेसँगै किसान र कृषिजन्य उत्पादनमा राहत मिलेको बताए।

मोरङमा भने कुल १० हजार ११३ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad