समाज


निजी शिक्षकको तलब ३१ हजारदेखि ६८ हजारसम्म, नदिए महानगरमा सम्पर्क गर्नू : बालेन

निजी शिक्षकको तलब ३१ हजारदेखि ६८ हजारसम्म, नदिए महानगरमा सम्पर्क गर्नू : बालेन

फाइल तस्बिर


नेपालखबर
असार १४, २०८० बिहिबार ८:२४, काठमाडौँ

काठमाडौं महानगरपालिकाले संस्थागत (निजी विद्यालय)का शिक्षकलाई सुविधाअनुसार तलब नपाए काठमाडौं महानगरको शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गरेका छन्।

निजी विद्यालयमा शिक्षकको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको भन्दै उनले यस्तो बताएका हुन्। 

‘शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने उल्लेख भएको उनले बताएका छन्।

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा पनि शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम व्यवस्था गरिएको उनले स्पष्ट पारेका छन्।

जसकारण काठमाडौं महानगर क्षेत्रभित्र निजी विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालय सरहकै सुविधा दिन निर्देशन उनले दिएका छन्।

सामुदायिक विद्यालय सरह सुविधा नपाउने निजीका शिक्षकलाई उनले भनेका छन्, 'सुविधा अनुसारको तलब सुविधा प्राप्त नभएमा काठमाडौँ महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न अनुरोध गर्दछौँ।'

May be an image of text

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .