चिनियाँ खर्बपति ज्याक मा तीन दिनको नेपाल बसाइ सकेर पाकिस्तानतिर लागेका छन्।
उनी बिहीबार बिहान ११ बजे हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्ड जहाजमार्फत पाकिस्तानको लाहोरका लागि उडेका हुन्।
ज्याक मा विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक पनि हुन्।
मंगलबार दिउँसो काठमाडौं आइपुगेका उनी तीन दिनको नेपाल बसाइका क्रममा कालिमाटी तरकारी बजार, स्वयम्भू महाचैत्य र भक्तपुर दरबार स्क्वायर क्षेत्र घुम्न गएका थिए।
अलिबाबा ग्रुपका संस्थापक ज्याक मा १५ दिनको भिजिट भिसामा
एसियाकै धनाढ्यमा पर्ने उनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेट्ने बताइएको थियो।
तर उनले कुनै उच्च राजनीतिक भेटघाट नगरी पाकिस्तानतिर लागेका हुन्। उनी बंगलादेशको ढाकाबाट नेपाल आएका थिए। चितवनको मेघौली जाने कार्यक्रम भए पनि उनी तीन दिन काठमाडौंमै रहे।
विश्वचर्चित पत्रिका फोर्ब्सको आवरण कथा छापिने पहिलो चिनियाँ उद्यमी उनले केही व्यापारीहरुलाई भेटेको बताइए पनि औपचारिक पुष्टि भएको छैन।
Shares

प्रतिक्रिया