समाज


कुष्ठरोग भएपछि जंगलमा बसेका सुनारी ३० वर्षपछि घर फर्किए

कुष्ठरोग भएपछि जंगलमा बसेका सुनारी ३० वर्षपछि घर फर्किए

नेपालखबर
असार १३, २०७६ शुक्रबार ३:१६,

विगत ३० वर्षदेखि जङ्गलमा बास बस्दै आएका पाल्पाको निस्दी गाउँपालिकाका एक वृद्ध घर फर्किएका छन्।

निस्दी–४ मित्यालका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि करीब सात सय मिटर टाढा जङ्गलमा बस्दै आएका थिए।

जङ्गलमा करीब ३० वर्ष बिताएका सुनारीको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि स्थानीय सरकारको पहलमा उहाँलाई घर फर्काइएको हो।

गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, स्वास्थ्यकर्मीको टोलीले उनलाई घरमा फर्काएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए।

कुष्ठरोग लागेको थाहा पाएपछि २०४० मा गाउँलेले गाउँमा कुष्ठरोग फैलिने डरले सुनारीलाई गाउँदेखि टाढा भिरालो ठाउँको बाँसघारीमा लगेर राखेका थिए।

उमेरले करीब ८० वर्ष पुगेका वृद्ध सुनारीले आफू बिरामी भएपछि गाउँलेहरुले आफूलाई हेला गर्ने गरेको स्मरण गरे पनि अहिले घरमा बस्दा रमाइलो लागेको बताए।

‘जङ्गलमा बस्दा जङ्गली जनावरको डर लाग्थ्यो,’ सुनारीले भने, ‘अहिले धेरैपछि घरमा आउँदा आफैँलाई अचम्म लागेको छ।’

अविवाहित सुनारीले भाइका छोराबुहारीले माया गरेर पहिलेदेखि नै घरमा बोलाउँदा पनि सबैले हेला गर्ने डरले नआएको बताए। सुनारी केही समययता आफ्ना भाइसँगै बस्न थालेका छन्।

जंगलमा एक्लै बस्दा उनी कहिलेकाहीँ विवाह तथा चाडपर्वमा गाउँतिर जाने गर्थे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad